काभ्रे, वैशाख ३१ -
मृगौला तस्कर हुन्छ भन्ने सार्वजनिक भएको २० बर्षपछि
मृगौला तस्करीमा सम्लग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तस्करीको मुख्य योजनाकारदेखि सहयोगीसम्म छन । तस्करका दुई नाईकेले आफै
मृगौला रोगबाट पिडित भई
मृगौला प्रत्यारोपण गरेको खुलेको छ ।
'पीडित नै
मृगौला तस्करका नाइके रहेछन्'
मृगौला तस्करी घटनाका अनुसन्धान गरिरहेका प्रहरी नायब निरीक्षक दीपेन्द्र चन्दले कान्तिपुरसँग भने, 'उनीहरु
मृगौला रोगबाट पीडित भई
मृगौला प्रत्यारोपण गरेका पाइयो ।'
मृगौला चाहिएको व्यक्तिको आर्थिक अवस्था हेरेर पैसा बार्गेनिङ गरी न्यूनतम ९ लाख रुपैयाँमा
मृगौला को कारोबार हुने गरेको उनले बताए । तस्करले मोटो रकम लिएपनि
मृगौला बेच्नेले ३५ हजार देखि १ लाख ६० हजार रुपैया पाउाने गरेका पाइएको छ ।
पक्राउ पर्नेमा होक्से १ का ४३ बर्षे प्रेम बहादुर बजगाई, पनौती ९ का ३४ बर्षे मनोज राउत, ललितपुर २१ का ३८ बर्षे सचिन मर्हजन, पाँचखाल ६ का ४८ बर्षे राजन दर्जी, नुवाकोट मदानपुर १ का मिना दर्जी, ३८ बर्षे कृष्ण बहादुर दर्जी, काभ्रे ४ का ४० बर्षे सुमन श्रेष्ठ, काठमाडौ ८ का ३४ बर्षे बिनोद ढकाल, तनहुँ मिर्लुङ ३ का ३१ बर्षे कुमार अधिकारी र ललितपुर ११ का ३७ बर्षे सानुलाल मर्हजन गरेका छन ।
'दलाललाई त्यसै छोडिदिए, हामी जस्ता धेरै पीडित बन्छन्', पीडित कृष्ण परियारले भने 'उनीहरु मात्रै होइन । अझै अरु पनि छन् । तिनीहरुलाई समेत पक्राउ गर्नुपर्दछ ।' दलालको लहलहैमा लागेर
मृगौला बेच्नेको संख्या बढ्दै जान थालेपछि होक्सेका स्थानीय बासिन्दा र पीडितले दलाललाई पक्राउ गरी कारवाहीको माग गदै जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दुई बर्षअघि उजुरी समेत हालेका थिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक दिपेन्द्र चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले १० जना
मृगौलातस्करलाई पक्राउ गरेको हो ।