नेहा भिड्न तयार छिन ,तपाई नि? (साथमा फोटो फिचर)
टेलिफिल्म 'आफन्त'मार्फत ग्ल्यामरको रंगिन दुनियाँसँग जोडिन पुगेकी नेहा अचार्य यो क्षेत्रमा आफन्त नभएकै कारण पछि परेको गुनासो गर्छिन्। उनी भन्छिन्, 'आफ्नो मान्छे भएन भने त कामै नपाइँदो रहेछ।' सानैदेखिको रहर पूरा गर्न उदयपुरबाट एक वर्षअघि काठमाडौँ आइपुगेकी थिइन् उनी।
तर अझै उनलाई काठमाडौँले पत्याएको छैन। केही समयअघि मात्रै उनले फिल्म 'भइहाल्छ नि'मा आइटम डान्स गरिन्, तर त्यसले पनि केही भएन। भर्खरै मात्र दुइटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। डान्स र अभिनय सिक्दै गरेकी उनको चान्स पाएपछि गरेर देखाउने चाह छ। भन्छिन्, 'कम्टिसनको जमाना छ, भिड्न तयार छु।'







