सुन दुई हजारले घट्यो
काठमाडौं , जेष्ठ ५ -
सुनको मूल्य एक सातामा प्रति दश ग्राम १८ सय ४० ले घटेको छ । यो गिरावट पछि शुक्रबार प्रति तोला सुनको मूल्य ५० हजार रुपैया तल ओर्लिएर ४९ हजार ७ सय ५० रुपैया पुगेको छ । साताको एक दिन बाहेक दिनहु मूल्य घटेको थियो । शुक्रबार सुनको मूल्य प्रति दश ग्राम ४२ हजार ६ सय ५५ रुपैया थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको असर नेपाली बजारमा परेको सुनचादी व्यवसायी महासंघले जनाएको छ । सुनको विक्री चाप बढी भएपछि मूल्य घटेको अनुमान व्यवसायीले लगाएका हुन् । विवाहको सिजन चलिरहेकाले स्थानिय बजारमा सुनको खपत बढेको छ । राष्ट्र बैंकले जेठ देखि असार मसान्तसम्म दैनिक सुन आयातको कोटा ५ किलोले बढाएको छ । यसअघि दैनिक १५ किलो सुन पाउने व्यवसायीले जेठ सुरु भएदेखि २० किलो पाउन थालेका छन् । बजारको माग बढेको समय कोटामा वृद्धि गरिएकाले केहि राहत भएको व्यवसायी बताउछन्् । व्यवसायीका अनुसार सिजनमा सुनको माग दैनिक ४० किलोसम्म पुग्छ ।
सुन संगै चादीको मूल्यमा पनि गिरावट आएको छ । व्यवसायीका अनुसार चादीको मूल्य प्रति दश ग्राम ३८ रुपैया ५० पैसाले घटेको छ । शुक्रबार बजार बन्द हुदा प्रति १० ग्राम चादीको मूल्य ७ ुसय ३३ रुपैया थियो ।



