२०७० साल वैशाख ३१ गते मङ्गलबार
विक्रमसंवत् २०७० साल वैशाख ३१ गते मङ्गलबार,
ईश्वीसन् २०१३ मे १४, आज मङ्गल चौथी व्रत, रामानुजाचार्य जयन्ती,
नेपाल संवत् ११३३, वैशाख शुक्लपक्ष (वछलाथ्व), चतुर्थी तिथि, मध्याह्नपछि १ बजेर १४ मिनेटसम्म, त्यसपछि पञ्चमी तिथि,
आद्र्रा नक्षत्र बेलुकी ५ बजेर २० मिनेटसम्म, त्यसपछि पुनर्वसु नक्षत्र,
धृति योग दिउँसो ११ बजेर ५० मिनेटसम्म, त्यसपछि शूल योग,
दिनको पूर्वार्द्धमा विष्टि (भद्रा) र उत्तरार्द्धमा बब करण,
मिथुन राशीको चन्द्रमा, राहुकाल मध्याह्न ३ बजेर १४ मिनेटदेखि मध्याह्नपछि ४ बजेर ५५ मिनेटसम्म,
आजको सूर्योदय – ५:०९:४६ बजे र सूर्यास्त – ६:३६:०४ बजे ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
समय राम्रै छ । साथीभाइ जम्मा भई मनोरञ्जनमा दिन बित्ने छ । लामो समयदेखि गरेका कामको सही मूल्याङ्कन हुने समय आएको छ । जति सक्दो नयाँ झन्झटबाट मुक्त रहनु होला । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । शुभ कुराको संकेत मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हिजोआज राम्रै समय चल्दैछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । घरमा विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ । कुनै विशेष लाभदायक समाचार सुन्न पाइएला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन सामान्य छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । सञ्चार क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन सकिनेछ । व्यापार व्यवसाय त्यसमा पनि साजसज्जा र श्रृङ्गारका सामाग्री विक्रेताका लागि विशेष लाभदायक छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक भोगविलासमा तिर्सना जाग्नेछ । माया प्रेमको लागि खर्च हुने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । समय राम्रो छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
छोराछोरीबाट पनि सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । उपहार प्राप्त हुने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । भौतिक साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
चाहनाबमोजिम कार्य सम्पन्न हुनेछन् । अनावश्यक खर्चको योग छ तर व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु होला । पारिवारिक सुख मिल्नुका साथै साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण दिन हो । त्यसैले आज साँझ दक्षिण वा पश्चिम दिशाको यात्रा गर्नुहोस् अनि खोला वा पोखरीका जलजन्तुलाई चारा हाल्नुस् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । शुभ कुराको संकेत मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
खराब समय छ । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । यात्राको योजना छ भने स्थगित गर्नु बेस हुन्छ । शरीरमा पीडा हुनेछ । धेरै उमङ्ग नल्याउनु नै बेस होला । घाउचोट तथा अन्य वस्तुले पनि दुःख दिनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दाम्पत्य जीवनमा समेत सामान्य खटपट हुने सम्भावना छ । मध्याह्नपछि त्यत्ति राम्रो छैन । भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, त्यसैले महत्वपूर्णकाम दिनको पूर्वाद्र्धभित्रै सक्नु होला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ, आफुलाई पनि चोटपटकको भय छ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, साँझमा अचानक पेटको समस्याले सताउन सक्छ । विचार गरेर काम गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यापार व्यवसाय मध्यम रहेको छ । बौद्धिक क्षेत्र राम्रो देखिन्छ । गरेका कार्यहरुमा ढिलोमात्र सफलता मिल्नेछ । पारिवारिक सम्बन्ध सामान्य रुपले अगाडि वढ्ने छ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । समय राम्रो छैन । मित्रको व्यवहार शत्रुतापूर्ण हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरगृहस्थीमा धेरै समय खर्चनुु पर्ने योग छ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरुले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।



