अब ई-बुकको पालो
काठमाडौ, जेष्ठ ५ - वालवालिकाहरु पुस्तकको गहु्रंगो भारी बोकेर विद्यालय धाइरहेका देखिन्छन् । झोलाभरी पुस्तक कोचेर विद्यालय आउ-जाउ गनुपर्दा कतिपयलाई शारीरिक समस्य पनि हुने गरेको देख्न/सुन्न पाइन्छ । खुशीको कुरा, अव पुस्तकको भारी होइन सानो उपकरण बोकेर विद्यालय गए हुन्छ । यसैलाई ई-बुक भनिन्छ । यस उपकरणमा हामीले आवश्यक शैक्षिक सामग्रीहरु फेला पार्न सक्नेछौ ।
हत्केलाभरको ई बुकले हाम्रो पुस्तकको वोझ मात्र हटाउने छैन, अरु थुप्रै सुविधाहरु पनि दिनेछ । ई-बुकमा हाम्रो पाठ्यक्रम अनुसारका सामग्रीहरु संग्रहित गरिएको हुनेछ । ति सामग्रीहरु जुनसुकै बेला पढ्न सक्छौ । साथै, यसलाई इन्टरनेटसँग जोड्न सकिन्छ । इन्टरनेट जोडिएपछि हामीले खोजे अनुसारको विषयवस्तुहरु फेला पार्न र अध्ययन गर्न सक्छौ । कक्षा कोठामा पढेका कुराहरु घरमा गएर हु-बहु रिभिजन गर्न सक्छौ ।
यसै शैक्षिक सत्रदेखि नयाँ बानेश्वरको नोबेल एकेडेमीले विद्यालय तहमा ई-बुक प्रयोगमा ल्याउने तयारी गरेको छ । ई-बुकमा हाल नेपाली पाठ्यक्रम अन्र्तगत गणित तथा विज्ञान विषयहरु समावेश गरिएका छन् । यसलाई इन्टरनेटसँग जोडेर आवश्यक शैक्षिक सामग्री पनि फेला पार्न सक्छौ । नोबेलले ई-लर्निङ पद्धती अन्र्तगत कक्षा १ देखि ५ सम्म यस्तो तयारी गरेको हो ।
यसका लागि विद्यालयले वाइफाई सुविधायुक्त कक्षा कोठा निर्माण गरेको छ । ति कक्षा कोठामा प्रोजेक्टर जडान गरिएको छ । यस्तो सुविधा भएको कक्षा कोठामा अडियो भिडियो प्रणालीवाट पढाइ हुन्छ । साथै इन्टरनेटको माध्यामवाट विद्यार्थीले अर्को देशको शिक्षक तथा विद्यार्थीसँग प्रत्यक्ष अन्र्तक्रिया, छलफल समेत गर्न सक्ने विद्यालयका अध्यक्ष सुरेन्द्र श्रेष्ठले वताए ।
ई-बुकको प्रयोगले पाठ्यपुस्तकको अभाव झेल्नु नपर्ने अध्यक्ष श्रेष्ठ वताउँछन् । 'हामीकहाँ वर्षेनी पाठ्यपुस्तक अभाव हुने गरेको छ' उनले भने, 'यस्तो अवस्थामा ई-बुक उत्तम विकल्प हुन सक्छ ।' ई-बुकको प्रयोगलाई थप विकास र विस्तार गर्दै लानुपर्ने उनको सुझाव थियो ।
सूचना प्रविधिको वढ्दो प्रयोगसँगै नेपालका केहि विद्यालयहरुले ई-लर्निङ पद्धती अपनाउन थालेका छन् । सूचना प्रविधिको प्रयोगवाट पठन पाठन हुनुलाई नै ई-लर्निङ भनिन्छ । यस अन्र्तगत कम्प्युटर, ल्यापटप, ट्याब्लेट, प्रोजेक्टर जस्तो उपकरणदेखि इन्टरनेटसम्मको अधिकतम उपयोग गरेर बालबालिकालाई शिक्षा दिइन्छ ।
शहरी क्षेत्रका निजी विद्यालयहरुले अहिले कक्षा कोठामा प्रोजेक्टरको प्रयोग गर्न थालेका छन् । अडियो भिडियो माध्यामवाट पठन पाठन गराउनका लागि प्रोजेक्टरको प्रयोग गरिएको हो । यस किसिमको शिक्षण विधी प्रभावकारी हुने गरेको शिक्षकहरु वताउँछन् ।
नेपाली पाठ्यपुस्तकलाई समेत अहिले अडियो भिडियो माध्यामवाट पढ्न सकिन्छ । मिदास टेक्नोलोजीले विद्यालय तहको पाठ्यक्रम तहमा अध्ययन हुने विषयलाई अडियो भिडियो माध्याममा रुपान्तरण गरेको हो । मिदासले तयार गरेको सिडीमा अडियो भिडियो माध्यमवाट बालबालिकाहरुले आफ्नो पाठ्यक्रम अन्र्तगतकै विषयहरु अध्ययन गर्न सक्छन् । केहि विद्यालयले यहि प्रविधिवाट ई-लर्निङको अभ्यास गरिरहेका छन् ।
कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)ले समेत ई-लर्निङ पद्धतीलाई वढावा दिइरहेका छन् । क्यानले ई-भिलेजको अवधारणा अनुसार विद्यालयहरुमा ई-लर्निङका लागि सहयोग गरिरहेको पाइन्छ ।



