काठमाडौ, फाल्गुन ११ - नेपाली गल्फमा दीपक थापामगर 'रेडिमेड प्लेयर' का रूपमा प्रख्यात छन् । कारण प्रतियोगिताको केही दिनअघि मात्र अभ्यास गर्ने उनको बानी छ । तैपनि उनले प्रतियोगितामा राम्रै प्रदर्शन गर्दै आएका छन् ।
उपाधि नजिते पनि माथिल्लै स्थानको पुरस्कार थाप्ने गर्छन् । उनले एक महिनासम्म आफ्नो क्लब नै छोएनन् । त्यसपछि दुई दिन अभ्यास गरे । यस्तोमा उनले सीएमएस ओपन गल्फ च्याम्पियनसिप बिहीबार जितेका छन् ।
चार वर्षपछि जितेको पहिलो उपाधिबारे दीपकले भने, 'राम्रै खेलिरहेको छु । थप मिहिनेत गरे योभन्दा राम्रो खेल्न सक्ने देखिएको छ ।' सन् २००९ मा धरानमा इस्टर्न ओपन जितेयता उनको पहिलो उपाधि यही हो । सन् १९९३ नोभेम्बरमा प्रो टर्न भएयता उनले दसौंपल्ट ट्रफी चुम्दै दीपक आचार्यसँग बराबरी गरे । उनीहरूभन्दा अगाडि शिवराम श्रेष्ठ (२० उपाधि) छन् ।
रोमाञ्चक प्रतिस्पर्धा
भेट्रान प्रो दीपक र सर्वाधिक सफल नेपाली गल्फर शिवरामबीच उपाधि होड रोमाञ्चक रह्यो । ४४ वषर्ीय दीपकले शिवरामलाई दुई स्ट्रोकले पन्छाउँदै उपाधि जितेका हुन् । ५४ होलको प्रतियोगिताको अन्तिम दिन १ अन्डर ६६ स्कोर गर्दै उनले ६ वर्षपछि सीएमएस ओपन कब्जा गरे । पहिलो दिन १ ओभर र दोस्रोमा २ अन्डर खेलेका उनको आरएनजीसीमा कुल स्कोर २ अन्डर १ सय ९९ रह्यो ।
घरेलु कोर्समा दीपक फाइनल चरणअघि शिवरामभन्दा चार स्ट्रोकले अघि थिए । पहिलो होलमै दीपकले डबल बोगी बेहोरे । त्यसमा शिवरामले पार खेल्दै अन्तर दुई स्ट्रोकमा घटाए । दीपकले पार खेलेको दोस्रो होलमा बर्डी गर्दै शिवराम एक स्ट्रोकनजिक पुगे । चौथो होलमा दीपकले पार खेलेपछि बर्डी हान्दै शिवरामले इभन अर्थात् बराबरी गरे ।
छैटौं होलमा दीपकले पार खेले । त्यसमा एक शट जोगाउँदै शिवरामले अग्रता लिए । आठौं होलमा दीपकले एक शट गुमाएपछि शिवराम दुई स्ट्रोकले अघि बढे । नवौं होलमा बर्डी गर्दै दीपक एक स्ट्रोकनजिक रहे । ११ औं होल 'टर्निङ प्वाइन्ट' रह्यो । जहाँ शिवराम डबल बोगीमा परेपछि पार खेल्दै दीपकले एक स्ट्रोकले अघि बढे । त्यसपछि उनी पछाडि र्फकनुपरेन ।
शिवरामले पार खेलेको १३ औं होलमा इगल आत्मसात् गर्दै दीपकले तीन स्ट्रोकको अग्रता लिए । उनले पछिल्ला पाँचै होलमा पार खेले । अन्तिममा बर्डी प्रहार गरेर शिवरामले दूरी दुई स्ट्रोकमा झारे । त्यसले उनलाई उपाधि भने दिलाउन सकेन ।
'११ औं होलमा दोस्रो प्रहार ओभर शट भयो । अझै उपाधि आस मारेको थिइनँ । त्यसपछि १०-१२ फिटका चार पट मिस गरें । त्यसैले अग्रता लिएर पनि उपाधि जित्न सकिनँ,' उनले भने । समग्रमा इभन पार २ सय १ खेलेका उनले बिहीबार ३ अन्डर ६४ को
कार्ड बनाए ।
भारतको व्यावसायिक गल्फ टुर खेल्न जाने तयारीमा रहेका शिवरामले पहिलो दिन २ ओभर र दोस्रोमा १ ओभर खेलेका थिए । अन्तिम दिन ५ बर्डी प्रहार गर्दै २ बोगी बेहोरेका उनले फ्रन्ट नाइन ३ अन्डर र ब्याक नाइन इभन पारमा टुंग्याए ।
दीपकले फ्रन्ट नाइनमा २ ओभर ३५ र ब्याक नाइनमा ३ अन्डर ३१ स्कोर गरे । १ इगल, २ बर्डी प्रहार गर्दै उनी १-१ बोगी र डबल बोगीमा परे । उनले भने, 'ड्राइभर शट राम्रो नभएपछि पहिलो होलमै डबल बोगीमा परें । त्यसपछि दबाबमा परें । अझै बिग्रनबाट बचाउँदै धैर्य गरें । नवौंमा बर्डी हान्दै बराबरी गरेपछि सजिलो भयो । ११ औंमा शिवरामले बिगारे । १३ औंमा इगल हान्दै ३ स्ट्रोकको अग्रता लिएपछि उपाधि जित्नेमा ढुक्क भएँ ।'
दोस्रो दिन खेलेको २ अन्डरले उपाधि यात्रा सहज भएको दीपकले बताए । कुल ५ लाख रुपैयाँको प्रतियोगितामा उनले १ लाख हात पारे । शिवरामले ७२ हजार पाए । सूर्य नेपाल गल्फ टुर २०१२-१३ को आठौं प्रतियोगिताको अन्तिम दिन १ अन्डर ६६ को समान कार्ड बनाएका रवि खड्का र सञ्जय लामा कुल २ ओभर २ सय ३ स्कोरसहित संयुक्त तेस्रो भए ।
सूर्यप्रसाद शर्मा, तोरणबहादुर शाही र राम थापा ६ ओभर २ सय ७ स्कोरसँगै संयुक्त पाँचौंमा रहे । अन्तिम दिन ३ अन्डर खेल्दै ११ स्थान माथि उक्लँदै रमेश नगरकोटी (नौ ओभर २ सय १०) आठौंमा पुगे ।
एक स्ट्रोकपछिका यलम्बर अधिकारी र सीबी भण्डारी शीर्ष दसमा अटाए । एमेच्योरतर्फ दिनेश प्रजापति ७ ओभर २ सय ८ खेल्दै विजेता भए । माइकर राई -२०९) र पहिलो दिन अग्रता लिएका टासी छिरिङ (२११) शीर्ष तीनमा रहे ।
सीएमएस गल्फमा बिहीबार पटिङ गर्ने प्रयासमा दीपक थापामगर ।
काठमाडौ/सर्लाही, फाल्गुन १२ - नेपाली मेसिन रिडेबल पासपोर्ट (एमआरपी) ठूलो संख्यामा म्यानमारका नागरिकले समेत लिएको खुलासा भएको छ । प्रहरीको प्रतिआतंकवाद सेलले एमआरपीसहित बिहीबार पक्राउ गरेका १३ बंगादेशीमध्ये ६ जना म्यानमार (बर्मा) का नागरिक भएको खुलेको हो । ५ जना भने नेपाली एमआरपी बनाउन म्यानमारबाट आएका हुन् ।
एमआरपी बरामद भएका ६ म्यानमारीसहित २ बंगालादेशी र एक नेपालीलाई राहदानी र नागरिकता किर्ते ऐनमा प्रहरीले मुद्दा दर्ता गरेको छ । बाँकी ५ म्यानमारीलाई अध्यागमन विभागको जिम्मा लगाएको काठमाडौं प्रहरीले जनाएको छ । पक्राउमध्ये बर्मा घर हुने जाहित आलम, आलम गिर, मोहम्मद एमवल्ला, उमर सावेर, मोहम्द साहजान र अलि हुसेन छन् ।
यसअघि धेरैजसो बंगालदेशीले मात्र नेपाली नागरिकता र राहदानी लिने गरेको पाइए पनि म्यानमारका नागरिकबाट समेत बरामद भएको पहिलो पटक हो । उनीहरूलाई नेपालमा ल्याएर गैरकानुनी तरिकाले विदेश पठाउने गिरोहका नाइके बर्मेली नागरिक भएका कारणसमेत यस्तो प्रवृत्ति बढेको प्रहरीको अनुमान छ ।
उनीहरूले शुक्रबार प्रहरीलाई बयान दिँदै आफूहरू बर्माबाट आएको बताएका हुन् । नेपाली एमआरपी लिएका बंगलादेशीलाई म्यानपावरसम्म पुर्याउने धनुषाका रफिक धुनियाविरुद्ध समेत राहदानी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
बंगलादेश र म्यानमारबाट नागरिक ल्याएर नेपाली एमआरपी उपलब्ध गराई विदेश पठाउने अब्दुल करिम घटनाको अनुसन्धान थाल्नुअघि नै फरार भएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार करिमले पैसा लिएर म्यानपावरमार्फत साउदी उडाएका ६ व्यक्ति कम्पनीले भनेको स्थानमा नगई अन्तै भागेपछि उनी फरार भएका हुन् ।
'कामदार पठाउनुअघि नै कामदार पठाएबापत पाउने रकम म्यानपावरमार्फत उनीहरूले पाउँछन्,' एक प्रहरीले भने, 'ती व्यक्ति भागेर अन्तै गएपछि रकम फिर्ता गर्नुपर्ने हुन्छ, रकम नतिर्न फरार भएको रहेछ ।' करिमले जेबीआर एसोसियट्स प्रालि म्यानपावरबाट पठाएका ४ र प|mन्टलाइन रिक्क्रुटमेन्टबाट पठाएका २ जना कम्पनीमा नगई भागेका थिए । प्रहरीले करिम भागेर जानसक्ने सम्भावित स्थानमा अनुसन्धान गरिरहेको छ ।
सर्लाही जिल्ला प्रशासन कार्यालय बाहिर बसेर लेखनदासको काम गर्ने रामबाबु पनि फरार छन् । प्रहरीले नागरिकता र एमआरपी जारी गरेको विषयमा अनुसन्धान सुरु गरेपछि ४/५ दिन उता उनी देखिएका छैनन् । रौतहट घर बताउने उनले सक्कली नाम र ठेगाना लुकाएको हुनसक्ने अनुमान छ ।
सर्लाहीबाट जारी २३ नागरिकता २०६९ कात्तिकभित्र नवीकरण भएको पाइएको छ । म्यानमार र बंगालदेशका नागरिक एमआरपीसहित पक्राउ परेको खबरपछि सर्लाही प्रशासनले नागरिकता नवीकरण र राहदानी सिफारिसमा कडाइ गरेको छ ।
२०६२ चैत २३ मा मलंगवा आक्रमणमा जिल्ला प्रशासन कार्यालयका स्रेस्ता जलेपछि नागरिकता पाइसकेकाको पुरानो नागरिकताका आधारमा नवीकरण गरिँदै आएको थियो । बिहीबारदेखि नागरिकता नवीकरण गर्दा अभिभावकको सनाखत र गाविसको सिफारिस अनिवार्य गरिएको छ ।
स्रेस्ता जलेको, पुरानो नागरिकता र निवेदनका आधारमा नवीकरण हुने भएकाले नेपालीसँग अनुहार मिल्ने विदेशीले राहदानी लिन सर्लाही रोजेको हुन सक्ने अनुमान छ । जन्मसिद्ध नागरिकता लिनेको राहदानी सिफारिस रोकिएको छ ।
नागरिकता लिएको ८/९ वर्षपछि व्यक्तिको अनुहार फोटोभन्दा केही फरक हुन सक्ने भएकाले दुरुपयोग भएको हुनसक्ने कर्मचारी बताउँछन् । 'नवीकरण गर्न आउनेको अनुहार र नागरिकताको फोटो हेरेका भरमा नवीकरण हुन्थ्यो,' एक कर्मचारीले भने, 'विदेशीले त्यसरी राहदानी निकालेको थाहा भएपछि अहिले कडाइ छ ।'
राहदानी फाँटका कर्मचारीले भने नागरिकता प्रमाणपत्र स्रेस्तासँग रुजु गरेर आएपछि मात्र सिफारिस दिने गरेको दाबी गरे । 'नागरिकता नवीकरणमै जालझेल भएको हुन सक्छ,' ती कर्मचारीले भने, 'नागरिकता नवीकरण भएर रुजु भएपछि हामीले विदेशी भनेर थाहा पाउने आधार हुँदैन ।' केही कर्मचारीले भने राहदानी सिफारिसमा विवाद हुँदा केही अघि २० हजार खर्च गरेर लिएको हल्ला सुनिएको बताए ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलीले आफू आएपछि समेत त्यस्ता राहदानी सिफारिस भएको देखिएको र कसरी भयो भन्नेमा आन्तरिक छानबिन जारी रहेको बताए । 'नागरिकता नवीकरण र पासपोर्ट सिफारिस सम्बन्धित व्यक्ति नआई गर्दैनौं,' उनले भने, 'भीडभाडमा एकदुईवटा झुक्याउन पनि सक्छन् तर धेरैले लिएको देखियो ।'
क्वालालम्पुर (मलेसिया), फाल्गुन १२ - हृदयघात भएपछि ४ दिनअघिदेखि बैंककस्थित अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारस शाहको स्वास्थ्य स्थितिमा सुधार नभएपछि उनको शरीरको तापक्रम सामान्य अवस्थामा आउनेबित्तिकै एमआरआई गर्ने तयारी गरिएको छ ।
मंगलबार रातिदेखि अस्पताल भर्ना भएका उनको निकै नाजुक स्वास्थ्यबीच शरीरको तापक्रम हाइपो थर्मिया उपचार विधिबाट सामान्य अवस्थामा ल्याएर एमआरआई गर्ने तयारी गरिएको हो । बुधबार बेलुका नै एमआरआई गर्ने भनिए पनि पारसको शरीरको तापक्रम स्थिर रहेका कारण शुक्रबारसम्म एमआरआई हुन सकेन । एमआरआई रिपोर्टपछि पछिल्लो अवस्थाबारे बढी जानकारी हुने विश्वास गरिएको छ ।
'उहाँको स्वास्थ्यमा सुधार हुन सकिरहेको छैन, एमआरआई गर्नका लागि शरीरको तापक्रममा सुधार हुनुपर्ने रहेछ, त्यसैले तापक्रम सामान्य अवस्थामा आउने बित्तिकै एमआरआई गर्ने तयारी छ । त्यसको रिपोर्टपछि अरु बढी थाहा हुनेछ,' पारसका नातेदाले शुक्रबार साँझ टेलिफोनमा भने ।
मंगलबार राति करिब ९ बजे अचानक हृदयघात भएपछि अस्पतालमा उपचाररत शाहको स्वास्थ्यस्थिती नाजुक हुँदै गएको छ । दोस्रोपटक हृदयघातबाट ग्रस्त उनलाई यसअघि आईसियुमा उपचार गरिएको थियो तर पछि स्वास्थ्य स्थितिमा आशलाग्दो सुधार नआएपछि सिसियु (अति सघन उपचार कक्ष) मा सारिएको हो ।
डाक्टरका अनुसार उनको मुटुका चाल र रक्तचाप अझैसम्म स्थिर छ भने मस्तिस्कले पनि प्रतिक्रिया दिन सकीरहेको छैन । विरामी पारसको उपचारमा सुरुदेखि नै जुटेका व्यवसायी सुनिल खड्काका अनुसार बुधबार र बिहीबार दुई पटक गरिएको उनको टाउकाको सिटीस्क्यानबाट पनि सामान्य इन्फेक्सनबाहेक खासै गडबढी नदेखिएपछि थप उपचारका लागि एमआरआई गर्नुपर्ने आवश्यक भएको चिकित्सकहरुले जनाएका छन् ।
एमआरआई गर्नुपूर्व शरिरको तापक्रम सामान्य अवस्थामा हुनुपर्ने भएकाले शुक्रबार बिहानैदेखि डाक्टरले उनलाई हाइपो थर्मिया बिधिबाट शाहको उपचार गरीरहेका छन् । बैंककस्थित नेपाली राजदुत डोर नाथ अर्यालका अनुसार पारस निकै 'क्रिटिकल एण्ड स्टाबल' (जटिल तर स्थिर) अवस्थामा छन् । दोस्रो पटक हृदयघात भएकाले पारसको स्वास्थ्यस्थिति नाजुक भएको जनाइएको छ । उनलाई ४ बर्ष अघि पनि हृदयघात भएको थियो । त्यसबेला उनलाई नर्भिक अस्पतालमा गरिएको ५० मिनेट लामो शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएको थियो ।
बैंककमा शाहको थुनिएको धमनीको प्वाल चिकित्सकहरुले बिहीबार नै बेलुनको सहायताले खोलिसकेका छन् । उनलाई सुरुदेखि नै सहयोग गर्दै आएका खड्काले समितिवेज अस्पताल परिसरबाटै शुक्रबार कान्तिपुरलाई जानकारी दिएअनुसार शाहको स्थिर स्वास्थ्य स्थितीको सकारात्मक सुधारका लागि समितिवेज अस्पतालका चिकित्सकहरु लागिरहेका छन् । तर यसमा अझैसम्म पनि सफलता पाउन सकेका छैनन् । अझै पनि अचेत अवस्थामै रहेका शाहले भेन्टीलेटरकै सहायतामा श्वासप्रश्वास गरिरहेका छन् ।
त्यहाँस्थित कार्यबहाक राजदुत डोलनाथ अर्यालका अनुसार शाहलाई शुक्रबार बिहानैदेखि चिकित्सकहरुले डा. राजीव शाही बाहेकका कसैलाई भेट्न अनुमति दिएको छैन । यसैबीच पारसलाई भेट्न पत्नी हिमानी शाह शुक्रबारै बैंकक आइपुगेकी छन् । उनी थाई एयरको बिमानबाट बैंकक आइपुगेकी हुन् । यसअघि बुधबारदेखि नै बहिनी प्रेरणा लगायत पाँच जना सदस्य बैंककमै छन् ।
हाल अस्पतालमा खड्कासहित शाहका ज्वाईँ राजीव शाही, र शाहकी थाइ महिला मित्र ले हेरबिचार गरिरहेका छन् । पारसलाई उनकी थाइ महिलामित्रले बिहीबारसम्म भेटेपनि शुक्रबारदेखि राजीव शाही बाहेक अन्यलाई भेट्न दिएको छैन । उनका समर्थक, शुभचिन्तक एवं सहयोगीहरुले उनको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
मृत्यु हल्लामात्रै
बैंककमा उपचाररत पूर्व युवराज पारस शाहबारे शुक्रबार दिनैभर सामाजिक संजाल लगायत विभिन्न संचारमाध्यममा सनसनीपूर्ण खबरहरु प्रवाह भए ।
'उनको मृत्यु भइसकेको' देखि 'उनलाई श्रद्धाञ्जली' लगायत फेसबुकमा स्टाटसहरु लेख्नेहरु उत्तिकै थिए । सो सनसनीपूर्ण खबरविरुद्ध पारसका शुभचिन्तक एवं सहयोगीहरुले 'बिल्कुल झुटो हल्ला' भएको भन्दै फेसबुकबाटै प्रतिक्रिया दिए । हल्लाकै कारण तथ्यबारे आम चासो र आशंकाहरु बढेका छन् ।
पारस शाहका सहयोगी व्यवसायी सुनिल खड्काले पारस उपचाररत अस्पताल परिसरबाटै हल्लाको पछि नलाग्न सबैमा आग्रहसमेत गरे । त्यस्तै अर्का सहयोगी फुकेतबासी मिलन घिमिरेले ती हल्लाहरु निराधार फैलाइएको भन्दै आफ्ना फेसबुक स्टाटस मार्फत पारसको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
शुक्रबार दिनैभर विभिन्न सामाजिक सञ्जाललगायत संचारमाध्यमबाट पारसको मृत्यु भइसकेका लगायत समाचारहरु प्रवाह गरिएका थिए ।
काठमाडौ, फाल्गुन १२ - जेठमा चुनाव गर्न एक साताभित्रै सहमति हुनुपर्ने देखिएको छ । निर्वाचन आयोगका पदाधिकारीले संकलन भइरहेका फोटो सहितका मतदाता परिचयपत्र प्रयोग गर्नुपर्ने र मतपत्र छपाइ गर्ने मेसिन मर्मत तत्काल गर्नुपर्ने बताए । यसैगरी पछिल्लो जनगणनाको नयाँ तथ्यांका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दा भने समय बढी लाग्ने पनि उनीहरूको भनाइ छ ।
'अबको निर्वाचन फोटोसहितको मतदाता नामावलीका आधारमा हुनेछ,' आयोग स्रोतले कान्तिपुरसँग भन्यो, 'तर मधेसवादी दलहरूले अधिक मतदाता छुटेका छन्, तिनलाई नागरिकताबाहेकको प्रमाणका आधारमा फोटोसहितको मतदाता नामावली संकलन गर्न भनिरहेका छन् । त्यसले भने अप्ठ्यारो पार्छ ।' यसप्रति एमाओवादी, कांग्रेस र एमालेसमेत लचिलो देखिएका छन् ।
राष्ट्रिय मधेस समाजवादी पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै २०६४ कै मतदाता नामावलीका आधारमा निर्वाचन हुनुपर्ने माग गरेको छ । 'मतदाता नामावलीलाई पूर्णता दिन गत ०६४ को मतदाता नामावलीलाई आधार बनाइनुपर्छ,' ०६८ चैत मसान्तसम्म बालिग भएकाको नाम मतदाता नामावलीमा समावेश गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष शरत सिंह भण्डारीले भनेका छन्, 'नागरिकता प्रमाणपत्रका आधारमा मतदाता नामावलीमा नाम समावेश गर्ने प्रावधानले मतदान गर्ने अधिकारबाट वञ्चित तुल्याउने र यसले निर्वानको परिणाम सही नहुने हुँदा यस्तो प्रावधान खारेज गरी मतदाता नामावली तयार गर्ने अन्य आधार प्रयोग हुनुपर्छ ।' विद्यमान कानुनी व्यवस्थाअनुसार नागरिकता प्रमाणपत्र भएकाले फोटोसहितको मतदाता नामावलीमा दर्ता हुन पाउँछन् ।
आयोगले हालसम्म १ करोड १० लाखको फोटासहितको मतदाता नामावली संकलन गरेको छ । 'मधेसवादी दलहरूको माग सम्बोधन गर्ने हो भने आयोगले गरेको मतदाता नामावली संकलनको औचित्य रहने छैन, निर्वाचन पनि जेठमा गर्न कठिन हुनेछ,' आयोगका एक अधिकारीले भने ।
यसअघि आगामी राष्ट्रिय निर्वाचनमा विद्युतीय मतदान यन्त्र (इलेक्ट्रोनिक भोटिङ मेसिन/ईभीएम) प्रयोग गर्ने भनिएको थियो । तर तत्काल निर्वाचन गर्न मतदान यन्त्र झिकाउन समय लाग्ने भएपछि मतपत्रकै आधारमा हुने भनिएको छ ।
चारदलीय गठनबन्धले मतपत्रकै आधारमा निर्वाचन गराउने भने पनि तीन महिनाभित्र मतपत्र छपाइ गर्ने मेसिन छैन । २०६४ को संविधानसभाको मतपत्र छपाइका निम्ति अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को सहयोगमा १३ करोड रुपैयाँ पर्ने मेसिन उपलब्ध थियो । सरकार नियन्त्रित जनक शिक्षा सामग्री केन्द्रमा राखिएको उक्त मेसिन बिग्रिएको छ । मेसिन मर्मत गर्न करिब १० करोड लाग्ने दाबी सम्बद्ध अधिकारीको छ ।
आयोग प्रवक्ता अनिलकुमार ठाकुरले फोटोसहितको मतदाता नामावली संकलन जारी रहेको बताए । 'निर्वाचन शिक्षा कार्यक्रमलाई प्रत्येक गाविसका वडा तहसम्म प्रभावकारी तुल्याउन स्वयंसेवक तयारी गर्दैछौं,' महिना दिनभित्र पाँच हजार स्वयंसेवक तयार हुने उल्लेख गर्दै उनले भने ।
(एजेन्सी)– सेक्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ । एक अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ । पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको सेक्सले बढि आनन्द दिने गर्दछ तर, सही समय नआई चालिएको कदमले पुरै सेक्स मुड नै बिगार्न सक्दछ । सेक्स मुड नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने यी कुराहरु नगर्नुहोस्ः
१. किस नगर्नेः
पत्याउनुस् या नपत्याउनुस्, धेरै मानिसहरु प्रायः महिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् । तर, सेक्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ ।
२. आफ्नो पार्टनर तयार हुनुपूर्व टोक्नुः
धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मनपराउँछन् तर, आफ्नो पार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दा पूरै सेक्स मुड अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी र शरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ ।
३. आनन्द दिने शरीरका भाग बिर्सनुः
यौनाङ्ग चलाउँदा यौनसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौनसन्तुष्टि प्राप्त हुन्छ ।
४. आफ्नो तौल पार्टनरमा थुपर्नुः
यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले सेक्स मुड बिगार्ने सम्भावना निकै हुन्छ ।
५. चरमोत्कर्ष निकै चाँडै / ढिलोः
यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ । पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ । यस्तो समस्या हटाउनको लागि फोरप्लेमा धेरै समय बिताउनुहोस् ।
६. चरमोत्कर्षमा पुग्ने बेलामा नभन्नुः
दुबै महिला या पुरुष आफू चरमोत्कर्षमा पुग्नुपूर्व आफ्नो पार्टनरलाई बताउने गर्नुहोस् । यो कुरा पार्टनरले जान्न जरुरी छ ।
७. सेक्सलाई पोर्नको रुपमा हेर्नुः
कोहि मानिसहरु वाइल्ड सेक्सप्रति आकर्षित हुन्छन् । यस्तो सेक्स रुचाउनुहुन्छ भने आफ्नो पार्टनरसँग कुरा गरेर मात्र वाइल्ड सेक्समा सरिक हुनुहोस् ।
८. चुपलागेर बस्ने गर्नुः
यदि तपाईंको पार्टनरले राम्रो महसुस गरिरहेको छ भने तपाईंलाई थाहा हुन मनलागे जस्तै सेक्स गर्दा आफूलाई केहि कुरा मनपर्यो भने पार्टनरलाई बताउने गर्नुहोस् यसले तपाईंको पार्टनरलाई आफूले के गर्दा राम्रो हुन्छ भन्ने कुरा थाहा हुन्छ र प्रोत्साहन पनि दिन्छ ।

(एजेन्सी)–आफ्नो अनुहारको रङ जस्तोसुकै भए पनि सबैले ओठको रङ गुलाबी नै होस् भन्ने चाहन्छन् । यदि घरेलु उपचारले बच्चाको जस्तो नरम ओठ पाउँछ भने यसको प्रयोग कसले पो नगर्ला र ?
कसैको ओठ कालो छ र गुलाबी चाहनुहुन्छ भने काँचो दुध र बेसारको पेष्टलाई पाँच मिनेटसम्म राख्नुहोस् र यसलाई लगातार एक हप्ता र सो भन्दा बढि गर्नुभयो भने भिन्नता आफैँ पाउनुहुनेछ ।
धेरै मानिसहरुले शरीर र अनुहारलाई निकै ख्याल राख्नुहुन्छ तर ओठको ख्याल भने न्युन गर्नुहुन्छ । जाडो मौसममा ओठले आफ्नो नरमपन गुमाउँछ र फुट्न सम्भावना अत्यधिक हुन्छ । त्यसैले ओठलाई फुट्नबाट जोगाउन पेट्रोलियम जेल्ली अथवा लिप केयर लगाउन गर्नाले ओठलाई नरम बनाइराख्न मद्दत गर्छ ।
गुलाबको पत्रलाई मसिनोसँग पिस्नुहोस् र त्यसलाई आफ्नो ओठमा लगाउनुहोस् यसले ओठ गुलाबी र स्वस्थकर राख्न मद्दत गर्छ ।
कागतीको बोक्रामा चिनि हालेर ओठमा दल्नुहोस् यसले ओठको मरेको छाला निकाल्न मद्दत गर्छ र ओठलाई नरम र गुलाबी बनाउँछ ।

जाडो महिना भएका कारण जाडोमा शरीरबाट थकान र आलस्य भगाउन र स्फुर्ती र उर्जा जगाउन कस्तो खाना कसरी खाने भन्ने कुरा यहाँ जानकारी दिइएको छः
बिहानः
बिहानको खानाले दिनभर उर्जा दिने भएका कारण बिहान आडिलो खाना खानुपर्छ । खासगरी अन्डाका साथै रोटी र एक गिलास दुध खान बिर्सनु हुँदैन । सँगसँगै भेजिटेबल सलाद पनि खानामा हुनु राम्रो मानिन्छ ।
दिउँसोः
दिउँसोको खानामा हरियो सागसब्जी, ताजा दही, दालभात र तातोतातो झोल खानुपर्छ । यसमा हरियो सब्जीको अचारले विभिन्न भिटामिनको कमी पूरा गर्छ ।
रातिः
जाडो मौसममा रातिको खाना सकभर चाँडो खाने बानी गर्नु राम्रो हुन्छ । रातिको खाना दिउँसोको भन्दा केही हलुका हुन जरुरी हुन्छ । सुत्नुभन्दा कम्तीमा पनि चार घन्टाअघि खाना खाइयो भने खाना राम्रोसँग पच्छ । सुत्नुअघि एक गिलास तातो दूध भने अवश्य पिउनुहोस् ।
७ फागुन, काठमाडौं । चुनावी सरकार गठनसहितका विषयमा कार्यदलले तयार पारेको सहमतिको प्रस्तावलाई अन्तिम रुप दिन प्रमुख चार दल छलफलमा जुटेका छन् ।
शीतल निवासमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुबीच आन्तरिक, द्धिपक्षीय र संयुक्त छलफलको क्रम चलिरहेको छ । कार्यदलका सदस्य खिमलाल देवकोटाका अनुसार आजै सहमति हुने सम्भावना छ ।
स्रोतका अनुसार कार्यदलले १२ बुँदे सहमतिको प्रस्ताव शीर्ष नेताहरुलाई बुझाएको छ । जसमा आगामी जेठ २२ गते संविधानसभाको निर्वाचन गर्ने र त्यसका लागि प्रधानन्यायाधीशकेा नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गर्ने उल्लेख छ । उक्त मन्त्रिपरिषद् ७ देखि ११ सदस्यीय हुनेछ । चुनावलाई लक्षित गरी एक महिना विशेष मतदाता नामावली दर्ता अभियान चलाउने र १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने पनि कार्यदलले सहमति गरेको छ ।
यस्तै सरकार सञ्चालनका लागि समन्वय गर्न उच्चस्तरीय राजनीतिक परामर्श समिति गठन गरिनेछ । प्रधानन्यायाधीश नेतृत्वको सरकारले तोकिएको समयमा चुनाव गराउन नसके उच्चस्तरीय राजनीतिक परामर्श समितिले नयाँ चुनावी सरकार गठनबारे निर्णय गर्नेछ ।
यस्तै आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने कार्यदलको प्रस्ताव छ । प्रस्तावमा चुनावका लागि बाधा अड्काउ फुकाउ आदेशका लागि सिफारिस, सेनामा समायोजन भएका लडाकूहरुको दर्जा निर्धारण र निर्वाचन आयोग लगायतका नियुक्ति बाबुराम सरकारले नै उल्लेख रहेको श्रोतले जनाएको छ ।

काठमाडौं – बाबुआमा कस्ता थिए उनलाई सम्झना छैन । न अनुहार याद छ न त उनीहरुको माया, ममता नै अनुभव गरिन् उनले । उनले थाहा पाउन थाल्दा उनीप्रति घृणा र तिरस्कार सुरु भईसकेको थियो गाउँले र आफन्तको ।
बैतडीकी १० बर्षे मञ्जु चन्दले आफ्नो उमेरको चौबर त दुःख, हण्डर नै खेपिन् होला । त्यसैले त उमेर भन्दा परिपक्व भएकी छिन् उनी । भारतमा काम गर्ने बाबुले आमालाई सारेको एचआईभीले उनीहरु दुबैलाई उमेरदार हुँदै मृत्युको मुखमा मात्रै पुर्याएन जन्मँदै एचआईभी संक्रमित भएकी मञ्जुको जीवनलाई संघर्षपूर्ण समेत
कलाकारिता क्षेत्रमा प्रवेशका लागि संघर्षरत गुल्मीकी कस्तुरी खरेल अबसरको खोजीमा छन् । भरखरै दस जोड दुई उत्तीर्ण गरेकी कस्तुरीले राम्रो अफर आए चललिचत्रमा खेल्ने बताउछिन् । सेक्सलाई प्राकृतिक देनका रुपमा लिने कस्तुरीले यसलाई अनौठो रुपमा लिनुपर्ने आवस्यक्ता ठान्दिनन् ।उदार मनकी कस्तुरी भारतीय अभिनेत्री प्रियङ्का चोपडाबाट प्रभावित छन् । कला क्षेत्रमा प्रवेशका लागि आफू शारीरिक शोषणमा नपरेको कस्तुरीको भनाई छ ।

.jpg)
.jpg)
.jpg)