जाडो मौसममा खाना खाने तरिका

(एजेन्सी) – खाना मानिसहरुका लागि अपरिहार्य तत्व हो । जाडो होस् या गर्मी, मानिसलाई खानाको आवश्यक दुबै मौसममा पर्छ तर यी दुबै मौसममा विशेष प्रकारका खाना भने पक्कै हुन्छ । कुनै खाना गर्मीमा खाँदा राम्रो हुन्छ भने कुनै जाडोका लागि उचित हुन्छन् ।

जाडो महिना भएका कारण जाडोमा शरीरबाट थकान र आलस्य भगाउन र स्फुर्ती र उर्जा जगाउन कस्तो खाना कसरी खाने भन्ने कुरा यहाँ जानकारी दिइएको छः

बिहानः

बिहानको खानाले दिनभर उर्जा दिने भएका कारण बिहान आडिलो खाना खानुपर्छ । खासगरी अन्डाका साथै रोटी र एक गिलास दुध खान बिर्सनु हुँदैन । सँगसँगै भेजिटेबल सलाद पनि खानामा हुनु राम्रो मानिन्छ ।

दिउँसोः

दिउँसोको खानामा हरियो सागसब्जी, ताजा दही, दालभात र तातोतातो झोल खानुपर्छ । यसमा हरियो सब्जीको अचारले विभिन्न भिटामिनको कमी पूरा गर्छ ।

रातिः

जाडो मौसममा रातिको खाना सकभर चाँडो खाने बानी गर्नु राम्रो हुन्छ । रातिको खाना दिउँसोको भन्दा केही हलुका हुन जरुरी हुन्छ । सुत्नुभन्दा कम्तीमा पनि चार घन्टाअघि खाना खाइयो भने खाना राम्रोसँग पच्छ । सुत्नुअघि एक गिलास तातो दूध भने अवश्य पिउनुहोस् ।


हरपल नयाँ खबर !

Watch this Video Click Here

Powered by Blogger.