एचआईभी संक्रमित बालबालिका, तिरस्कार र आश्रय (अडियो र भिडियो)
काठमाडौं – बाबुआमा कस्ता थिए उनलाई सम्झना छैन । न अनुहार याद छ न त उनीहरुको माया, ममता नै अनुभव गरिन् उनले । उनले थाहा पाउन थाल्दा उनीप्रति घृणा र तिरस्कार सुरु भईसकेको थियो गाउँले र आफन्तको । बैतडीकी १० बर्षे मञ्जु चन्दले आफ्नो उमेरको चौबर त दुःख, हण्डर नै खेपिन् होला । त्यसैले त उमेर भन्दा परिपक्व भएकी छिन् उनी । भारतमा काम गर्ने बाबुले आमालाई सारेको एचआईभीले उनीहरु दुबैलाई उमेरदार हुँदै मृत्युको मुखमा मात्रै पुर्याएन जन्मँदै एचआईभी संक्रमित भएकी मञ्जुको जीवनलाई संघर्षपूर्ण समेत



